२३ जेठ २०८३, शनिबार

लोकमान विरुद्धको महाअभियोगबारे अध्ययन गर्न उपसमिति गठन

कात्तिक २०, २०७४
लोकमान विरुद्धको महाअभियोगबारे अध्ययन गर्न उपसमिति गठन
काठमाडाैं, ५ माघ- सर्वोच्ले अख्तियार प्रमुख हुन अयोग्य ठहर गरेका लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्तावमा लगाइएका आरोपहरुबारे अध्ययन गर्न संसदको महाअभियोग सिफारिस समितिले उपसमिति गठन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले १५७ जना सांसदहरुले कार्कीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्तावमा उल्लेख गरिएका आरोपबारे छानबिन गर्न उपसमिति गठन गरेको हो ।

उपसमितिमा सांसदहरु दीपक कुँइकेल, रामनारायण विडारी र रेवतीरमण भण्डारी सदस्य छन् ।

कार्कीमाथि लगाइएको आरोपको विषयमा सत्यतथ्य छानबिन गरी १५ दिनभित्र समितिमा प्रतिवेदन बुझाउन उपसमितिलाई निर्देशन दिइएको छ ।

उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसलाई पारित गरेर संसदमा पठाउने सहमति बुधबारको बैठकमा भएको छ ।
महाअभियोग सिफारिस समितिले लोकमान विरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने नबढाउनेबारे महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठसँग छलफल गरेको थियो ।

अख्तियारका पूर्व प्रमुख लोकमान नियुक्ति असंवैधानिक भएको अख्तियारको फैसलापछि उनी पदमुक्त भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्