२२ जेठ २०८३, शुक्रबार

बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ का लागि आवेदन आह्वान

चैत ७, २०८१
काठमाडौं
बारबरा फाउण्डेसनद्वारा खोजमूलक पत्रकारिता पुरस्कार–२०८२ का लागि आवेदन आह्वान

बारबरा फाउन्डेसनबाट प्रदान गरिने पत्रकारिता पुरस्कार–२०८२ का लागि आवेदन आह्वान गरिएको छ । 

पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत् प्रभाव देखाउन सक्ने स्तरको सोध/खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिस्तर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित भएको हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिति बसाल्न पुर्‍याएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउन्डेसनद्वारा जारी सूचनामा जनाइएको छ ।

सोही कुरालाई ध्यानमा राखेर यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउन्डेसनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्