२७ असार २०८३, शनिबार

संसद्‌मा ओलीसँग हुने प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गर्ने

चैत ७, २०८१
काठमाडौं
संसद्‌मा ओलीसँग हुने प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (बिहीवार) प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम आम जनता पार्टी (आजपा)का सांसद प्रभु साहले बहिस्कार गर्ने भएका छन् ।

यसअघिको प्रश्नोत्तर कार्यक्रममा ओलीले आफ्नो प्रश्नको जवाफ नदिएको भन्दै आजको कार्यक्रम बहिष्कार गर्ने साहले बताए । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद साहले प्रश्नको जवाफ नदिने प्रश्नोत्तर कार्यक्रम संसद्को कार्यसूचीबाट हटाउन माग गरे । 

‘मन्दिरमा मूर्ति छैन भने त्यो मन्दिरको के काम ? यदि मूर्तिमा देवताको आत्म छैन भने त्यो मूर्तिको पनि काम हुँदैन,’ साहले भने, ‘सांसदले सोधेका प्रश्नलाई प्रधानमन्त्रीले जवाफ दिन नपर्ने भनेपछि यो कार्यक्रमको के काम ?’ 

यसअघि गत फागुन ६ गतेको बैठकमा प्रश्नोत्तरका क्रममा साहले सोधेको प्रश्नको ओलीले जवाफ दिन अस्वीकार गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्