
बझाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सूर्मा गाउँपालिका- ४ घर भई जयपृथ्वी नगरपालिका- ९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरा छन् ।
उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।