गैडाकोट-दाउन्ने सडकअन्तर्गत हनुमान मन्दिर-जयश्री होटल खण्डमा पहिलो तहको कालोपत्रेको कार्य सम्पन्न भएको छ ।
नारायणघाट-बुटवल सडक योजनाका अनुसार अब कालोपत्रेको कार्य प्रगतिनगर बजार- लोकाहा पुल खण्डमा हुनेछ ।
६४ किलोमिटरको गैडाकोट-दाउन्ने खण्डमा अब ४७ किलोमिटर नयाँ कालोपत्रे सडकमा यात्रा गर्न पाइने आयोजनाले जनाएको छ ।