०१ असार २०८३, सोमबार

सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

चैत ७, २०८१
काठमाडौं
सशस्त्र प्रहरीद्वारा १०३ केजी गाँजासहित ट्रक नियन्त्रणमा

सशस्त्र प्रहरीले बारामा १०३ केजी गाँजासहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । 

पचरौता नगरपालिका–३ रामनगरबाट गएराति सशस्त्र प्रहरी बल नेपालले करिब १०३ किलो गाँजासहित ना ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । 

बाराको रामनगरबाट कोटवालीतर्फ जाँदै गरेको ट्रकलाई विशेष सूचनाको आधारमा बोर्डर आउट पोस्ट  बेनौलीबाट  खटिएको सुरक्षा फौजले चेक जाँच गर्दा चालक बस्ने सिटको वर्नरभित्र र ट्रकको हुडमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त गाँजा फेला पारेको हो ।

बरामद गाँजा तथा ट्रक आवश्यक अनुसन्धान र कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्