१५ असार २०८३, सोमबार

गणतन्त्रलाई बलियो बनाउन जनतामाझ लैजानुपर्छ- विप्लव

चैत ७, २०८१
विराटनगर
गणतन्त्रलाई बलियो बनाउन जनतामाझ लैजानुपर्छ- विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन यसलाई जनतामाझ लैजानुपर्ने बताएका छन् । 

प्रेस सेन्टर नेपाल मोरङद्वारा बिहीबार विराटनगरमा आयोजित अन्तरसम्वाद कार्यक्रममा उनले गणतन्त्रबाट आमनागरिकले समान अधिकार पाउनुपर्नेमा जोड दिए । 

महासचिव चन्दले मुलुकमा युगान्तकारी परिवर्तन ल्याउने गणतन्त्र स्थापना नभएको भए मुलुक अझै अन्धकारमै हुन्थ्यो भन्दै राजनीतिक दलका नेताहरूको भनाइ र गराइमा देखिएका अन्तरले अहिले असन्तुष्टि देखिएको चर्चा गरे । 

मुलुक सैद्धान्तिक र व्यावहारिक दृष्टिले पनि संकटमा रहेको बताउँदै उनले समाजवादको लक्ष्य पूरा गराउन पूँजी निर्माण हुनुपर्ने बताए । महासचिव चन्दले सरकार शिक्षा, स्वास्थ्य र रोजगारका विषयमा चुकेको, पूँजी निर्माण र बचतको ज्ञान विस्तार नभएकाले नेपाली जनताले समस्या बेहोरिरहेको बताए । 

उनले माओवादी, समाजवादी र सबै कम्युनिस्टबीच एकताको प्रयास तथा छलफल भइरहेको जानकारी दिँदै चैत १५ गते समाजवादी मोर्चाले गर्ने भेला शान्तिपूर्ण हुने उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्