
फागुन महिनामा २ हजार ८५४ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल प्रहरीले अपराध नियन्त्रण तथा कानूनी कार्यान्वयनलाई प्रभावकारी बनाउन सञ्चालन गरेको 'फरार प्रतिवादी पक्राउ अभियान' अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी मुख्यालयका अनुसार फागुन महिनामा पक्राउ परेका मध्ये मधेश प्रदेशबाट सबैभन्दा धेरै ६०१ जना पक्राउ परेका छन्।
त्यस्तै, कोशी प्रदेशबाट ३४७ जना, बागमती प्रदेशबाट १६३, गण्डकी प्रदेशबाट १५६, लुम्बिनी प्रदेशबाट ५३०, कर्णाली प्रदेशबाट १९ र सुदूरपश्चिम प्रदेशबाट १७५ जना पक्राउ परेका छन्।
यसैगरी, काठमाडौं उपत्यकाबाट ८५३ जना तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट १० जना पक्राउ परेका छन्।
पक्राउ परेका प्रतिवादीहरूबाट ७ करोड ६२ लाख ६५ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।