०८ असार २०८३, सोमबार

मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा

चैत ७, २०८१
काठमाडौं
मानसिक विकासका लागि खेलकुद आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक व्यक्तिको मानसिक विकासका लागि खेलकुद आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘खेलकुद नीति तथा कार्यक्रम’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले पार्टीले तय गर्ने नीतिले खेलाडीको मनोबल बढाउने र खेलकुदको विकास हुने बताए ।

'तपाईंहरूको सुझाव पार्टीले ग्रहण गर्नेछ, मानसिक स्वास्थ्यका लागि शरीरको स्वस्थता पनि आवश्यक छ, खेलकुदले यी दुवै पक्षलाई स्वस्थ राख्ने काम गर्छ,' उनले भने ।

पार्टीका उपसभापति धनराज गुरुङले खेलकुदलाई राज्यले उपेक्षा गरेको बताउँदै यसलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्नेमा जोड दिए ।

'खेलकुद पूर्वाधार निर्माण गर्नेभन्दा पनि कुनै एउटा प्रतियोगिता जित्नेबित्तिकै पुरस्कार घोषणा गर्नेमा सरकारलाई हतार हुन्छ, खेलकुद विश्वविद्यालयको अवधारणाका विषयमा नेताहरु साक्षात्कार हुन सकेका छैनन्, खेलकुद विश्वविद्यालय, खेलकुद उद्योग र खेलकुद पर्यटनलाई ध्यान दिनुपर्छ, नेपालमा प्रशस्त सम्भावना छ,' उपसभापति गुरुङले भने ।

salt training

कमेन्ट गर्नुहोस्