०७ असार २०८३, आइतबार

विराटनगरमा तीन दिने ढाका महोत्सव [फोटो फिचर]

चैत ८, २०८१
विराटनगर
विराटनगरमा तीन दिने ढाका महोत्सव [फोटो फिचर]

विराटनगरमा तीन दिने ढाका महोत्सव शुरू भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा तीन दिने ढाका महोत्सवको बिहीबारदेखि शुरू भएको हो । 

null

कोशी प्रदेशका १४ वटै जिल्लामा ढाकाका कपडा तथा सामग्री उत्पादकहरूलाई जुटाएर महोत्सव आयोजना गरिएको हो । महोत्सवमार्फत् उत्पादन प्रवर्द्धनको प्रयास गरिएको उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताए । 

महोत्सवमा ढाका कपडा, ढाकाबाट बुनेको झोला, सल, साडी, कोट, टाई, टोपी आदि प्रदर्शनका लागि राखिएका छन् । 

null

महोत्सव चैत ९ गतेसम्म सञ्चालन हुने छ । महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका निजामती र शिक्षक कर्मचारीहरूको पोशाकको रूपमा ढाकाको कपडा प्रयोग गर्ने नीति ल्याउने बताए । 

null

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा हिमाल, पहाड र तराईं तीनै क्षेत्रमा प्रयोग गर्न उपयोगी भएमा कर्मचारी पोसाक बनाउन सरकार तयार रहेको बताएका हुन् । ‘हिमालदेखि तराईसम्मका कर्मचारीलाई उपयोगी हुने कपडा उत्पादन भए सरकारले आउँदो नीति कार्यक्रममा समावेश गरेर बजेट प्रबन्ध गर्नेछ,’ उनले भने,  ‘शिक्षक, शिक्षिका र कर्मचारीहरूको पोशाकमा पनि यो नीति लागू गर्न सकियो भने राम्रो हुन्छ । बरू प्रदेश सरकारले पनि केही लगानी गरिदिनेछ ।’

null

null

null

null

null

null

कमेन्ट गर्नुहोस्