०९ असार २०८३, मंगलबार

सुनचाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

चैत ८, २०८१
काठमाडौं
सुनचाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री भैरहेको छ । 

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्