२२ असार २०८३, सोमबार

प्रथम राष्ट्रिय पानी सम्मेलन भोलिदेखि हुने

चैत ८, २०८१
काठमाडौं
प्रथम राष्ट्रिय पानी सम्मेलन भोलिदेखि हुने

प्रथम राष्ट्रिय पानी सम्मेलन- २०२५ शनिबार (भोलि)देखि काठमाडौंमा हुने भएको छ । शनिबारबाट शुरू  हुन सम्मेलन आइतबारसम्म चल्नेछ ।

जल तथा उर्जा आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल सरकार, जल तथा ऊर्जा आयोगको नेतृत्वमा राष्ट्रिय सिँचाई जल उपभोक्ता महासङ्घले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

जलवायु परिवर्तन, बढ्दो जनसङ्ख्या र अव्यवस्थित विकासका कारण पानीको स्रोतमाथि दबाब बढ्दै गएको महासङ्घको बुझाइ छ ।​

जलस्रोतको दिगो व्यवस्थापन र उपयोगलाई प्रवर्द्धनका लागि सरकार तथा सरोकारवालाहरूले समान धारणा र एकीकृत कार्य प्रणाली अवलम्बन गरी काम गर्नुपर्ने भएकोले सम्मेलन आवश्यक रहेको महासङ्घले जनाएको छ । 

जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा नेपालमा विक्रम संवत् २०६५ सालदेखि जल तथा मौसम सप्‍ताह हुँदै आएको छ । 

हिमनदीका संरक्षणलाई समेत ध्यानमा राखी यस वर्षदेखि 'नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्‍ताह २०२५' मनाउन विभिन्न कार्यक्रम गरिने छन् ।

जलवायु परिवर्तनको बढ्दो प्रभाव तथा मौसमको बदलिँदो स्वरूपलाई दृष्टिगत गर्दै नेपालका हिमनदी, जल र मौसमको महत्त्व तथा यसको संरक्षणका लागि नीति निर्माणदेखि व्यवहारिक समाधान खोज्नेतर्फ विशेष ध्यान दिन आवश्यक रहेको प्रवक्ता कलानिधि पौड्यालले बताए ।

पानीको महत्त्व, सोको स्रोत संरक्षण र दिगो उपयोगको लागि सिकिएका असल अभ्यासहरू र चुनौतीहरूको विषयमा पानीसँग सम्बद्ध सरोकारवालाहरूसँग छलफल तथा बहस गर्न दुई दिवसीय ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ आयोजना गरिएको उनले बताए ।

नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा हुने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्‌घाटन गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्