२५ असार २०८३, बिहीबार

सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित

चैत ८, २०८१
काठमाडौं
सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित निकालेको छ। 

सिंगापुरको राष्ट्रिय रंगशालामा शुक्रबार भएको खेलमा नेपालले घरेलु टोलीलाई १–० गोलले पराजित गरेको हो। 
नेपालको ऐतिहासिक जितमा जिलेस्पीजंग कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२औं मिनेटमा गोल गरेका हुन् । 

मनिष डाँगीले दिएको पासमा कार्कीले डिबक्सबाट उत्कृष्ट फिनिसिङ गरेका हुन्। 

१९८२ देखि सिंगापुरसँग खेल्न थालेको नेपालले पहिलो पटक जित र गोल गर्दै इतिहास रच्न सफल भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्