२१ असार २०८३, आइतबार

गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

चैत ८, २०८१
काठमाडौं
गणतन्त्रको पक्षमा जनमत सृजना गर्ने एकीकृत समाजवादीको निर्णय

 नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) उपत्यका प्रदेश कमिटीले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकाे पक्षमा जनमत सृजना गर्ने निर्णय गरेको छ ।

आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्ने निर्णय गरेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । 

मुलुकको समसामयिक राजनीतिक विषयवस्तु तथा पछिल्लो विकासित घटनाक्रमका बारेमा आज समीक्षा गरिएको बताउँदै उहाँले गणतन्त्रको पक्षमा रहेका सबै दलसँग भेटघाट, छलफल र वार्ता गरी समन्वय गर्न बैठकले पार्टी केन्द्रलाई आग्रह गरेको उल्लेख गरे । 

देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै बैठकले प्रतिगामी क्रियाकलापलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध समाजवादी मोर्चाले यही चैत १५ गते काठमाडौँमा गर्ने आमसभामा अधिकतम जनसहभागिता जुटाउने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्