
राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति मातहतको आन्दोलन परिचालन समितिको बैठक राप्रपाका महामन्त्री धवल शमशेर राणाको अध्यक्षतामा आज बसेको छ ।
बैठकले राणाको संयोजकत्वमा सबैलाई एक ठाउँमा ल्याउन आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।
संयुक्त जनआन्दोलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उपसमितिहरू समेत गठन गर्दै लैजाने बैठकले निर्णय गरेको राणाले बताए । आन्दोलन परिचालन समिति र मातहत विभिन्न विभाग तथा समितिमा रही एकताबद्ध भई सहकार्य गर्नका लागि सम्पूर्ण राष्ट्रवादी देशभक्त नागरिक, अभियान तथा राजनैतिक दलहरूलाई बैठकले अपिल समेत गरेको उनले बताए ।