१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई

चैत ८, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् । 

“बधाई नेपाली !! नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ”, उनले लेखेका छन् । 

साँझ सिङ्गापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले पराजति गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्