काठमाडौं, ५ माघ — रामायणमा सत्यको असत्यमाथि विजयको पाठ सिक्न पाइन्छ । राम सत्यका प्रतीक थिए भने रावण असत्यको । तर रावण खलनायक भएपनि ठूला ज्ञानी भएको धेरै दृष्टान्त पाइन्छन् ।

१ वेदको ज्ञातारावणलाई वेदको गहिरो ज्ञान थियो । सामवेदमा त उनी निपूण नै थिए । त्यसैगरी उनलाई शिवताण्डवस्तोत्र, युद्धेश तन्त्र र प्रकुण्ठ कामधेनु जस्ता कृतिको पनि रचना गरेका थिए । वेदाध्ययनको पदपथका उनी जानकार थिए ।
२ आयुर्वेदको ज्ञानरावणले आयुर्वेदको क्षेत्रमा ठूलै योगदान गरेका थिए । अर्कप्रकाश नामक पुस्तक पनि उनले रचना गरेका थिए । प्रचुर मात्रामा भिटामिन भएको चामल कसरी उब्जाउने उनलाई थाहा थियो । यही चामल सीताजीलाई उनी खान दिन्थे ।
३ कवितामा पारंगतरावण युद्धकलामा पारंगत हुनुका साथसाथै कविता र श्लोक रच्न पनि निपुण थिए । शिवताण्डवस्तोत्र उनको कविकारिताको अनुपम नमुना हो । यही स्तोत्र सुनेर शिवजीले रावणलाई वरदान दिनुभएको थियो ।
४ संगीतको ज्ञानरावणलाई संगीतको पनि ज्ञान थियो । रुद्रवीणा बजाउन त रावणलाई जस्तो कसैलाई पनि आउँदैनथियो । तनाव हुनेबित्तिकै रावण रुद्रवीणा बजाउँथे । यसका अलावा रावणले भायोलिन जस्तो एक वाद्ययन्त्र पनि बनाएका थिए । राजस्थानमा अहिलेसम्म पनि यो बाजा बजाइन्छ ।
५ प्रसूतिविज्ञान र बालचिकित्साआयुर्वेदका ज्ञाता रावणलाई प्रसूतिविज्ञान, स्त्रीरोग र बालचिकित्साको पनि राम्रो ज्ञान थियो । यसमाथि उनले धेरै किताब पनि लेखेका थिए । पत्नी मन्दोदरीको अनुरोधमा उनले यी किताब लेखेका हुन् । अहिले यी पुस्तक उपलब्ध छैनन् ।
६ रामलाई मद्दतभगवान् रामलाई समुद्रमा पुल बनाउनका लागि यज्ञ गर्नुपर्ने थियो । यज्ञ सफल पार्नका लागि उहाँसँग सीतादेवी पनि हुनुपर्ने थियो । त्यसैले रावण आफैंले सीतालाई लिएर रामको यज्ञ सफल पार्ने कोशिश गरे । यज्ञ समाप्त भएपछि रामले रावणसँग आशीर्वाद मागे । त्यतिखेर रावणले विजयी भव भने । यो प्रसंग रामायणका अरू संस्करणहरूमा पाइन्छ ।
७ लक्ष्मणलाई ज्ञानयुद्धमा हारेपछि रावणले आफ्नो आखिरी साँस लिने क्रममा रामले लक्ष्मणलाई रावणसँग ज्ञान लिन पठाउनुभएको थियो । लक्ष्मण रावणको टाउकोतिर गएर बसे । गुरुसँग ज्ञान लिनु छ भने चरणमा बस्नुपर्छ भनी रावणले बताए । यो परम्परा अहिलेसम्म छ ।
८ सीता रावणकी छोरीरामायणका अनेकौंथरी संस्करण भेटिन्छन् । थाइल्यान्डमा चलेको रामायणका अनुसार सीता रावणकी छोरी थिइन् । यही छोरी आफ्नो मृत्युको कारण बन्छिन् भन्ने थाहा पाएपछि रावणले उनलाई गाड्न लगाएका थिए । पछि सीतालाई जनकले भेटे । यही कारणले गर्दा रावणले सीतासँग अनुचित व्यवहार गर्ने आँट गरेनन् भनिन्छ ।
९ ग्रहनक्षत्रलाई आफैंले चलाउँथेमेघनादको जन्मभन्दा पहिले रावणले ग्रहनक्षत्रलाई आफ्नो हिसाबले मिलाएका थिए । उनी आफ्नो छोरो मेघनाद अमर होस् भन्ने चाहन्थे । तर अन्तिम समयमा शनिले आफ्नो चाल बदले । पछि रावणले शनिलाई केही समय बन्दी बनाएका थिए ।
१० रावणका दश शिर थिएनन्रावणका १० वटा शिर थिए भनिन्छ तर यो सही होइन । रावण बालक हुँदा उनकी आमाले उनलाई नौवटा मोतीहरू भएको हार लगाइदिएकी थिइन् । मोतीमा रावणले आफ्नो अनुहार देख्थे । त्यसैले उनी आफूलाई दशानन ठान्थे । रावणसँग दशवटा शिरमा हुने जति दिमाग थियो भन्ने मान्यता पनि छ ।
एजेन्सी