०८ साउन २०८३, शुक्रबार

प्रकाश सपूतको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक

चैत १०, २०८१
काठमाडौं
प्रकाश सपूतको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक

प्रकाश सपूतको निर्देशनमा बनेको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । 

समाजमा जातकै आधारमा हुने भेदभाव, प्रेममा आउने तगारो र पात्रहरूले गर्ने संघर्षलाई ट्रेलरमा चित्रण गरिएको छ ।

 ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो । जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ ।

salt training

कमेन्ट गर्नुहोस्