०२ साउन २०८३, शनिबार

अस्कलमा आइतबार भयो स्ववियु निर्वाचन

चैत १०, २०८१
काठमाडौं
अस्कलमा आइतबार भयो स्ववियु निर्वाचन

काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा ५ चैतमा विवाद भएपछि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आज आइतबार भइरहेको छ ।

अस्कलमा बिहान आठदेखि मतदान जारी छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको हुँदा परिणाम आजै साँझ आउने बताइएको छ । 

अखिल क्रान्तिकारीले तालाबन्दी गरेपछि चैत ५ गते यहाँ निर्वाचन हुन सकेको थिएन । तर, विद्यार्थी संगठनहरूबीच सहमति जुटेपछि आइतबार निर्वाचन गराइएको हो । 

अस्कलमा कांग्रेस निकट नेविसंघबाट राजुल लामिछाने, एमाले निकट अनेरास्ववियुबाट रूद्रहरि पोखरेल र नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)बाट विश्राम शर्मा पौडेल अध्यक्षका उम्मेदवार बनेका छन्।

salt training

कमेन्ट गर्नुहोस्