
धादिङमा पानीको ड्रममा डुबेर ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
निलकण्ठ नगरपालिका-४ पौवा बस्ने सञ्जीव परियारकी छोरी ५ वर्षीया सञ्जीवनीको आफ्नै घर बाहिर राखिएको पानीको ड्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, सिन्धुलीको कमलामाई नगरपालिका-२ कुसुमटार बस्ने ५५ वर्षीय कुल प्रसाद गौतमको सोही ठाउँस्थित मरिण खोला कुडुले दहमा पौडी खेल्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।