०४ साउन २०८३, सोमबार

शहरी विकासमन्त्री सिंहविरुद्ध बालेनको आक्रोश- कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

चैत १०, २०८१
काठमाडौं
शहरी विकासमन्त्री सिंहविरुद्ध बालेनको आक्रोश- कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहविरुद्ध सामाजिक लेख्दै चेतावनी दिएका हुन् ।

कांग्रेसका वडा अध्यक्षहरूले कार्यपालिका बैठक बोलाउन निवेदन दिएपछि बालेनले सामाजिक सञ्जालमार्फत मन्त्री सिंहमाथि आक्रोश पोखेका हुन् ।

‘माननीय शहरी विकास मन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बाल मन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो ?,’ प्रश्न गर्दै बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला।’

बालेनले आइतबार मात्रै कांग्रेसका वडा अध्यक्षहरूको पत्र बुझेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्