०७ असार २०८३, आइतबार

४१० थान भेपसहित विमानस्थलबाट ४ जना पक्राउ

चैत १०, २०८१
काठमाडौं
४१० थान भेपसहित विमानस्थलबाट ४ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतीय चुरोट (भेप)सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुरका ३४ वर्षीय योगेन्द्र दाहाल, सिन्धुलीका २६ वर्षीय सलिना बर्देवा, पर्वतका २४ वर्षीय सौगात क्षेत्री र मोरङका ४६ वर्षीय सुरेन्द्र घिसिङ तामाङ छन् ।

फ्लाइ दुबईको उडानबाट काठमाडौं आएका उनीहरूलाई ४१० थान भेपसहित पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

प्रहरी उपरीक्षक आचार्यका अनुसार उनीहरूलाई प्रहरीले शङ्कास्पद अवस्थामा विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्