
काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा यही बुधबार (चैत १३ गते) स्ववियु निर्वाचन हुने भएको छ ।
चैत ५ गतेका लागि तय भएको निर्वाचन विद्यार्थी संगठनहरूको विवादका कारण हुन सकेको थिएन । सोमबार एक सूचना जारी गर्दै निर्वाचन समितिले नयाँ मिति तय गरेको हो ।
विद्यार्थी संगठनहरूको विवादका कारण क्याम्पसको मूल गेट र क्याम्पस प्रमुखसहितको कार्यकक्षमा ताला लगाएपछि यसअघि निर्वाचन हुन सकेको थिए ।
निर्वाचन अधिकृत डा. अंगदमणि गौतमका अनुसार चैत १३ गते बुधबार बिहान ८ बजेदेखि मतदान हुनेगरी कार्यतालिका बनाइएको छ ।
