
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले चैत ४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।
जसअन्तर्गत कोशी प्रदेशमा १२, मधेशका १२, बागमतीका १६, गण्डकीका १३, लुम्बिनीमा १४, कर्णालीमा ६ र सुदूरपश्चिमका १० गरी बैंकका ८३ वटा शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए ।

‘ग्लोबल मनी वीक–२०२५’ कै सन्दर्भमा बैंकले लुम्बिनी प्रादेशिक कार्यालय, हेटौंडा, धनगढी, हरिवन, लालबन्दी र स्याफ्रुबेसीमा वित्तीय साक्षरतासम्बन्धी र्यालीसमेत गरेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा बैंकले बैंकिङ प्रणाली, बचत तथा कर्जाको योजना, बचतको आवश्यकता, खाताका प्रकार, मोबाइल बैंकिङ, डिजिटल बैंकिङ, क्यूआर, पिन तथा पासवर्ड सुरक्षा, साइबर सुरक्षा, डिजिटल ठगीबाट जोगिने उपायहरू आदि विषयमा विद्यार्थीहरूलाई ज्ञान प्रदान गरेको थियो ।
बैंकले हालै प्रकाशित गरेको वित्तीय साक्षरतामा आधारित चित्र पुस्तक 'डिजिटल बैंकिङको जादु' र साइबर सुरक्षा अन्तर्गत पर्चा सातै प्रदेशबाट विभिन्न विद्यालयका विद्यार्थीहरूलाई वितरण गरेको थियो ।
साथै, बैंकले आफ्नो सामाजिक सञ्जालबाट चेतनामूलक सामग्रीहरूसमेत प्रसारण गरेको थियो ।






