०१ साउन २०८३, शुक्रबार
मन्त्रिपरिषद् बैठक

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

चैत ११, २०८१
काठमाडौं
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए ।

सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर शाक्यलाई नियुक्त गरेको हो । 

कुलमानले दिएको स्पष्टीकरण चित्त नबुझेको र कार्यसम्पादन मूल्यांकनबाट सरकार सन्तुष्ट नरहेकोले उनलाई हटाउने निर्णय भएको तीन मन्त्रीले  बताए । ​

हितेन्द्र यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक बनाइएका थिए । तर, शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले हितेन्द्रलाई २०७८ साउनमा हटाएर कुलमानलाई पुन: कार्यकारी निर्देशक बनाएको थियो।

त्यसविरुद्ध हितेन्द्र रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । तर, उक्त रिट सर्वोच्च अदालतमा झन्डै चार वर्षसम्म सुनुवाइ भएको थिएन । सर्वोच्चले सुनुवाइ नगरेपछि शाक्य अदालतबाट न्याय नपाई गत महिना अवकाशमा गएका थिए ।

 

 

salt training

कमेन्ट गर्नुहोस्