२४ जेठ २०८३, आइतबार

मध्यरातमा बालेनले पोखे आक्रोश– कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु

चैत ११, २०८१
काठमाडौं
मध्यरातमा बालेनले पोखे आक्रोश– कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मध्यरातमा फेसबुकमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । उनले सफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाउन नसकेको भन्दै आक्रोश पोखका हुन् । यस्तो अवस्था आउनुमा सरकारको दम्भ जिम्मेवार रहेको बालेनको भनाइ छ । 

‘काठमाडौँ महानगरपालिकाको सरसफाइ कर्मचारीले बिगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छै , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाड्दिन्छु’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखका छन् । 

उनले अगाडि लेखेका छन्, ‘त्योपछि हेरौँला तिमीहरूको के के तन्त्र हो !’ 

salt training

कमेन्ट गर्नुहोस्