०४ असार २०८३, बिहीबार

कुलमान हटाउने सरकारको कदम गलत र आपत्तिजनक छः प्रचण्ड

चैत ११, २०८१
काठमाडौं
कुलमान हटाउने सरकारको कदम गलत र आपत्तिजनक छः प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाउने निर्णय गलत र आपत्तिजनक रहेको बताएका छन् । 

 ‘सरकारको यो कदम बिलकुल गलत र आपत्तिजनक छ । दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु’, प्रचण्डले सोमबार राति फेसबुकमार्फत भनेका छन् । 

उनले देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा आफू नेतृत्वको तत्कालीन सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको समेत स्मरण गरेका छन् । 

‘हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ’, प्रचण्डको भनाइ छ, ‘प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो ।’ 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्