१५ असार २०८३, सोमबार

हुन्डाईको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस सार्वजनिक

चैत १२, २०८१
काठमाडौं
हुन्डाईको क्रेटा ईभी र मेड इन नेपाल क्रेटा आइस सार्वजनिक

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले क्रेटा ईभी र क्रेटा आइस (मेड इन नेपाल) सार्वजनिक कार्यक्रम गरेको छ । 

हुन्डाई नेपालले ग्राहकहरूको आवश्यकता र गतिशीलताअनुसार क्रेटा ईभी र आइस दुवै मोडेल उपलब्ध गराएको हो । क्रेटा ईभीको प्रारम्भिक मूल्य ५१ लाख ९६ हजार र क्रेटा आइस (मेड इन नेपाल)को प्रारम्भिक मूल्य ५३ लाख ९६ हजार राखिएको छ । २०२५ मा आयात गरिने ICE मोडेलहरूको मूल्यमा तुलना गर्दा ९ लाखसम्म कम रहेको छ।

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क तेयोंगको विशेष उपस्थिति रहेको थियो।

हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटा को बिक्री सुरुवात गरेको थियो। गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भू-भागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले १० हजारभन्दा बढी ग्राहकहरूको रोजाइ र यात्राको साथी बन्न मिड-साइज एसयूभी सेगमेन्ट मा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको कम्पनीको दाबी छ । 

हुन्डाई नेपालले इकोसिस्टम डेभलभमेन्टमा पनि अगाडि बढ्दै चार्जिङ नेटवर्क रिल्याक्समार्फत डीसी चार्जर नेटवर्क निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्