०७ असार २०८३, आइतबार

निरन्तर ओरालो यात्रामा शेयर बजार, ५८ अङ्कले  घट्यो

चैत १२, २०८१
काठमाडौं
निरन्तर ओरालो यात्रामा शेयर बजार, ५८ अङ्कले  घट्यो

नेपाल स्टक एक्सचेन्ज(नेप्से) दोहोरो अङ्कले घटेको छ ।

मङ्गलबार नेप्से परिसूचक ५८.०५ अङ्कले घटेर २५८२.७३ को विन्दुमा बन्द भएको हो ।

यस दिन बजारमा १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो कारोबारका दिन सोमबार मात्रै करिब दुई सातापछि परिसूचक ३०.५२ अङ्कले बढेर २६४५.२० को विन्दुमा बन्द भएको थियो । जुन आज पुन घटेको छ । 

मङ्गलबार १३ वटै उप समूहहरूमा गिरावट आएको छ । 

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स २३ करोड २० लाख ७ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ । 

आज बजारमा पुँजीकरण ४२ खर्ब ८८ अर्ब रुपैयाँ बढी रहेको छ ।

कमेन्ट गर्नुहोस्