१३ असार २०८३, शनिबार

वृज हिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सम्झौता

चैत १२, २०८१
काठमाडौं
वृज हिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सम्झौता

वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शका लागि समझदारी भएको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटलसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरिएको हो । 

यस सहकार्य वृज हिमालयन स्प्रिङको निम्ति प्रिमियम पिउने पानी उद्योगमा एक स्थापित ब्रान्ड बनाइ व्यवसायको वृद्धि, विस्तार तथा विकासको दीर्घकालिन लक्ष्य प्राप्तिका लागि एक महत्त्वपूर्ण कदम रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवालगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ ।

यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले 'पूर्ण (Purna) ब्रान्डमा १ लि, ५०० मिलि, २५० मिलिको बोतलमा मिनरल पानी तथा २० लिको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ । 

'एनएमबी क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौं । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्त्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो,' वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले भने ।

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेशकुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे । 'वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबी क्यापिटलको लक्ष्य अनुसार नै कार्य गर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौं ।'

केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ ।

मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तीय, बीमा, उत्पादनमूलक उद्योग (सिद्धार्थ बैंक, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि, सिद्वार्थ क्यापिटल लि, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो)सहित विभिन्न व्यवसायहरू सफलतापूर्वक सञ्चालन गरी शेयरधनीहरूलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्