
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
जसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने र उक्त पदमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय समावेश छन् ।
यस्तै, सरकारले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सिफारिस गर्नका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलेको अध्यक्षतामा सिफारिस समिति गठन गरेको छ ।
सिफारिस समितिको सदस्यमा पूर्वगर्भनर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा.विश्व पौडेल सदस्य रहेका मन्त्री गुरुङले जानकारी दिए ।
हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका २७ निर्णय :

