
फिफा विश्वकप २०२६ मा छनोट भइसकेको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले ब्राजिलमाथि सानदार जीत हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन अरजेन्टिनाले ब्राजिललाई ४–१ ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा युलियन अल्भारेज, एन्चो फर्नान्डेज, एलेक्सिस एलेस्टर र जिलियन सिमिवनले गोल गरे ।
पाहुना टोली ब्राजिलका लागि म्याथुस क्यान्हाले सान्त्वना गोल फर्काए ।
खेलको चौथो मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए । १२औं मिनेटमा नै फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बरको बनाए । २६औं मिनेटमा चुन्हाले गोल गर्दै ब्राजिललाई खेलमा फर्काउने कोशिस गरेका थिए ।
तर, त्यसको ११औं मिनेटमा एलेस्टरले अर्जेन्टिनाका लागि तेस्रो गोल गरे ।
खेलको ७१औं मिनेटमा सिमिवनको गोलमा अर्जेन्टिनाले ४-१ को सहज जित दर्ता गरेको हो ।
जितसँगैशीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १४ खेलबाट ३१ अंक पुर्याएको छ । समान खेलबाट २१ अंक रहेको ब्राजिल भने चौथो स्थानमा छ ।
संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने आगामी ४८ टिमले सहभागिता जनाउने छन्। दक्षिण अमेरिकाबाट ६ टिमले सिधैं आफ्नो स्थान सुनिश्चित गर्नेछन् ।