२३ असार २०८३, मंगलबार

कुलमानको बर्खास्तीको विषयलाई लिएर विपक्षीद्वारा संसद् अवरुद्ध

चैत १३, २०८१
काठमाडौं
कुलमानको बर्खास्तीको विषयलाई लिएर विपक्षीद्वारा संसद् अवरुद्ध
फाइल तस्वीर

नेपाल विद्युत प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)लगायत विपक्षी दलले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेका छन् । 

विपक्षी दलले कुलमानलाई हटाएकोबारे सरकारको जवाफ नआएसम्म सदनचल्न नदिने अडान राखेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका शक्तिबहादुर बस्नेतले चार महिनापछि अवकासमा जान लागेका कर्मचारीलाई किन हटाइयो भनेर प्रश्न गरे । उनले यसविषयमा सरकारले जवाफ दिनुपर्ने बताए । 

‘सरकारले स्वार्थ समूहका कारण एउटा राष्ट्रसेवकलाई मानमर्दन गरेको छ । सार्वजनिक संस्थालाई तेजोवध गर्न लागिपरेको छ,’ बस्नेतले भने ।  

बस्नेत बोलेपछि विपक्षी दलका सांसद उठेर विरोध जनाएका छन् । विपक्षी सांसदले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बस्न पटक पटक आग्रह गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्