
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् ।
प्रहरी वृत्त, बानेश्वरले गौतमलाई पक्राउ गरेको हो ।
बैँकिङ कसुरको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले लोकान्तरलाई जानकारी दिए ।
उनका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ ।