०८ असार २०८३, सोमबार

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

चैत १३, २०८१
बाँके
नरैनापुर आगलागीबाट ५० लाखको क्षति

बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट रु ५० लाख बराबरको क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् ।

नरैनापुर–४ जयरामपुर्वामा  मङ्गलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।  ​

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरूलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए ।

हरेक वर्ष हिउँदका बेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्