
काभ्रेपलाञ्चोकको बनेपामा बुवाले चलाएको गाडीले ठक्कर दिँदा चार वर्षीया छोरीको मृत्यु भएको छ।
सिन्धुलीको गोलान्जोर गाउँपालिका– १ घर भई हाल बनेपा नगरपालिका– ४ बस्ने ३० वर्षीय सरोज बरालले गाडी ब्याक गर्ने क्रममा उनकी ४ वर्षीया छोरी समीक्षा बरालको मृत्यु भएको हो ।
बनेपा– ४ त्रिवेणीचोकमा रहेको शुभकामना सप्लायर्स (गिटी बालुवा) डिपोभित्र बा ४ ख ८५९२ नम्बरको महिन्द्रा निशान गाडीले ठक्कर दिएको थियो।
घाइते भएकी समीक्षालाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उनको उपचारका क्रममा मृत्यु भएको हो ।
घटनापछि प्रहरीले गाडी नियन्त्रणमा लिएको छ। साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।