
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नं. २ का सदस्य खेमराज पाठकको दुर्घटनामा परेर मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका- २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका- १० चौराहमा दुर्घटनामा परेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुधबार दिउँसो उनले चलाएको लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।