
अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ मा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष छन् । प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले
दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटव रेफर गरिएको बताए ।
लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो ।
बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ