१७ असार २०८३, बुधबार

‘जनताले परिवर्तनको आभास गर्न पाएनन्’

चैत १३, २०८१
काठमाडौं
‘जनताले परिवर्तनको आभास गर्न पाएनन्’

वर्तमान व्यवस्था विरोधी दल राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले २०६२/०६३ को जनआन्दोलनपछि नेताहरूले नेपाललाई १० वर्षमा स्विट्जरल्याण्ड र सिंगापुरजस्तो बनाउने भनेर झुट बोलेको बताएका छन् । 

विराटनगरमा राप्रपा नेपालद्वारा आयोजित मोटरसाइकल र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिले युवाहरू सामान्य रोजीरोटीका लागि पनि बिदेसिनुपर्ने बाध्यता रहेको बताए । 

वर्तमान व्यवस्थामा जनताले कुनै परिवर्तनको आभास गर्न नपाएको जिकिर गर्दै उनले अब राजसंस्था पुनर्स्थापना जरुरी रहेको बताए । 

‘हाम्रो पार्टीले हिजो निर्णय गर्‍यो, हामी संयुक्त आन्दोलनको मोर्चामा सहभागी हुन्छौँ । १५ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन्छौँ’, उनले भने, ‘अब परिवर्तन हुन्छ हुन्छ ।’

उनले अगाडि भने, ‘२०६२/०६३ को जनआन्दोलनपछि नयाँ नेपाल हुन्छ भनिएको थियो । १९ औँ शताब्दीको मार्क्सको नारा बोलेर १० वर्षमा देश सिंगापुर बनाउँछौँ भनेका थिए । अहिले सामान्य रोजीरोटीका लागि पनि विदेश जानुपर्ने अवस्था बनेको छ ।’
उनले अहिले जन्मिँदै नेपालीको थाप्लोमा ९१ हजार ऋण रहेको उल्लेख गर्दै  सरकारले आर्थिक समृद्धिको सवालमा केही गर्न नसकेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्