०७ साउन २०८३, बिहीबार

अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

चैत १३, २०८१
बुटवल
अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

ओरालोमा ब्रेक फेल भएर अर्घाखाँचीको शीतगंगा नगरपालिका–२ भुवनपाटामा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । 

अर्घाखाँचीबाट पश्चिम नवलपरासीतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको थियो । 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार गाडी दुर्घटनामा मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय जमुना बस्याल, पश्चिम नवलपरासी भूमही बस्ने अन्दाजी ४५ वर्षीया उमा न्यौपाने र ६५ वर्षीया उमाकी सासुआमा (नाम नखुलेकी) र बर्दघाटका ५० वर्षीय बस चालक मदनकुमार विक रहेका छन् । 

उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडाले मृत घोषणा गरेको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । 

दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन् । जसमध्ये गम्भीर घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१२ बस्ने ३६ वर्षीय सन्तोष कँडेल, ४ वर्षीय अमर कँडेल, ३१ वर्षीय आशिष अधिकारी, २७ वर्षीया लक्ष्मी अधिकारी, ४ वर्षीया आन्दा अधिकारी, १४ वर्षीय आयान्स अधिकारीलाई बुटवल रेफर गरिएको प्रहरीले जनाएको छ । 

अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ । उनीहरू सुपादेउराली मन्दिर दर्शन गरेर फर्किँदै गर्दा बस दुर्घटनामा परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्