०४ असार २०८३, बिहीबार

भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

चैत १३, २०८१
मुस्ताङ
भाडा नबुझाएको भन्दै बसपार्क सञ्चालकलाई सेवा सुविधा लिन नपाउने परिपत्र

मुस्ताङमा बसपार्क सञ्चालन गर्ने एक सञ्चालक विरुद्ध सरकारी सेवा सुविधा लिन नपाउने गरी जिल्लाका सबै सरकारी कार्यालयमा परिपत्र जारी गरिएको छ । 

मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ र ४ मा अवस्थित दुई वटा सवारी व्यवस्थापन गर्ने बसपार्क सञ्चालनको ठेक्का लिएर बीचैमा छोड्ने र ठेक्का सम्झौताको शर्त वापतको असुर उपर गर्नुपर्ने रकम पूरै भुक्तानी नगरेको भन्दै मुस्ताङको घरपझोङ–४ जोमसोमका स्थानीय सुरेश शेरचनविरुद्ध घरपझोङ गाउँपालिका कार्यालयले मुस्ताङका सबै निकायमा सरकारी सेवा सुविधा लिन नपाउने गरी प्रारम्भिक चरणको कारबाही प्रक्रियाअघि बढाएको छ ।

गाउँपालिकालाई असुल उपर नभएसम्म बसपार्क ठेक्का लिएका उनलाई गाउँपालिका, वडा कार्यालयलगायत सबै सरकारी कार्यालयबाट हुने सिफारिस, अनुदानलगायत सबै किसिमका सरकारी सेवा लिन नपाउने गरिएको प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिए । 

प्रकाशित सूचनाअनुसार मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय सुरेश शेरचनले वार्षिक रु २० लाख २५ हजार भाडा गाउँपालिकालाई बुझाउने सर्त बमोजिम बसपार्क सञ्चालन तथा व्यवस्थापन गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । गाउँपालिकाले घरपझोङ बसपार्क सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८० अनुसार विसं २०८० चैत १५ गते बसपार्क सञ्चालन तथा व्यवस्थापनको ठेक्का लगाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्