०२ असार २०८३, मंगलबार

भारतको सहयोगमा विद्यालय भवन शिलान्यास

चैत १३, २०८१
काठमाडौं
भारतको सहयोगमा विद्यालय भवन शिलान्यास

भारतको सहयोगमा सप्तरीमा विद्यालय भवन निर्माणको शिलान्यास भएको छ । बुधबार सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालयको भवन निर्माण शिलान्यास गरिएको हो । 

भवनको युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, सुरुङ्गा नगरपालिकाका मेयर गीता चौधरी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा शिलान्यास गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । ‘नेपाल-भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२.७६ करोड परियोजना लागतमा तीन तले विद्यालय भवन बन्ने दूतावासको भनाइ छ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको  र सुरुङ्गा नगरपालिका मार्फत कार्यान्वयन गरिने पनि दूतावासले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्