१३ असार २०८३, शनिबार

सम्पत्ति शुद्धीकरणविरुद्धका १२ सयभन्दा बढी उजुरी

चैत १४, २०८१
काठमाडौं
सम्पत्ति शुद्धीकरणविरुद्धका १२ सयभन्दा बढी उजुरी

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिलाई शुद्धीकरण गर्नेहरूविरुद्ध आक्रामक अनुसन्धान गरी केही महिना यतामात्रै ५५ अर्बको मुद्दा दायर गरेको छ।

विभागले चालू आर्थिक वर्ष २०८१-८२ को ८ महिनाको अवधिमा मात्रै सम्पत्ति शुद्धीकरण गर्ने विभिन्न व्यक्ति वा निकायविरुद्ध १६ वटा मुद्दा दायर गर्दै ५५ अर्बभन्दा बढीको बिगो कायम गरेको हो। यद्यपि, विभिन्न आपराधिक कार्य गरी कालोधन आर्जन गर्ने र त्यसलाई शुद्धीकरण गराउने प्रवृत्ति भने बढ्दो क्रममा रहेको विभागका अधिकारीहरूको भनाइ छ। अहिले विभागमा सम्पत्ति शुद्धीकरणविरुद्धका १२ सयभन्दा बढी उजुरी रहेका छन्। नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्