
मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरले आफ्नै भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधबार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निज रमेशले भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।