२४ असार २०८३, बुधबार
नेपाललाई बिजुली दिन भारत तयार

कुलमानले पारेको गाँठो हितेन्द्रले फुकाए : भारतबाट बिजुली आउन थाल्यो, उद्योगको लोडसेडिङ घट्यो

चैत १५, २०८१
काठमाडौं
कुलमानले पारेको गाँठो हितेन्द्रले फुकाए : भारतबाट बिजुली आउन थाल्यो, उद्योगको लोडसेडिङ घट्यो

नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कमजोरीका कारण भारतबाट आउन रोकिएको विद्युत फेरि आयात हुन थालेका छ । भारतबाट फेरि बिद्युत् आउन थालेपछि उद्योग क्षेत्रमा भइरहेको लोडसेडिङ झण्डै आधाले घटेको छ ।

प्राधिकरणमा हितेन्द्रदेव शाक्य कार्यकारी निर्देशक बनेलगत्तै उद्योगहरूमा भइरहेको लोडसेडिङ झण्डै आधा घटेको हो । भारतले विद्युत दिएपछि बिहीवार रातिदेखि नै लोडसेडिङ ८ घण्टामा झरेको उद्योगीहरूले बताएका छन् । 

‘कुलमान हटेपछि लोडसेडिङ बढ्छ भन्ने भाष्य प्रायोजित रूपमा सृजना गरिएको थियो । तर, उद्योगमा लोडसेडिङ घट्न थालेको छ,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले लोकान्तरसँग भने । 

कुलमानले ऊर्जा मन्त्रालयलाई बाइपास गरेर आफैं सम्झौता गर्न खोज्दा भारतबाट आउने विद्युत रोकिएको थियो । हितेन्द्रदेव आएपछि कुलमानले पारेको गाँठो फुकेको हो । ‘आफू हिरो बन्न कुलमानले ऊर्जा मन्त्रालयलाई बाइपास गरेर सम्झौता गर्न खोजेका थिए, त्यही अप्ठेरो फुकेपछि विद्युत आउने सहमति भएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

ऊर्जा मन्त्रालय र भारतको जलस्रोत मन्त्रालयबीच सहमति भएसँगै रातिको समयमा पनि विद्युत आउने भएको हो । चैत्र १ गतेदेखि रातिको समयमा नेपाललाई दिने बिजुली कटौती भएको थियो । 

ऊर्जामन्त्री दीपक खड्काले भारतबाट ६ सय मेगावाट विद्युत ल्याउने सहमति भएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भारतीय मन्त्री मनोहरलाल खट्टरलाई मेन्सन गरेर उनले ६ सय मेगावाट विद्युत दिने सहमति जनाएकोमा धन्यवाद दिएका छन् ।

ढल्केबर–मुजफ्फरपुर लाइनमार्फत् रात्रिकालीन समयमा थप ६०० मेगावाट विद्युत् आउने उनले बताएका छन् । सुख्खा मौसममा नेपालमा विद्युत आयातका लागि थप स्वीकृतिको प्रतीक्षामा रहेको मन्त्री खड्काले उल्लेख गरेका छन् । 

null

हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न भारतबाट आयात गरिँदै आएको छ । यसअघि कुलमानको कमजोरीका कारण भारतले सोलार आवर (बिहान ६ देखि साँझ ६ बजेसम्म) मा मात्रै आयात गर्ने अनुमति दिएको थियो । 

पाल विद्युत प्राधिकरणमा भएको नेतृत्व परिवर्तनपछि कुलमानले आफ्ना समर्थकमार्फत् लोडसेडिङ बढ्ने भनेर हल्ला चलाएका थिए । तर, भारतसँग सहमति भएपछि लोडसेडिङको खतरा टरेको छ । 

 

 

 

salt training

कमेन्ट गर्नुहोस्