१० साउन २०८३, आइतबार

काठमाडौंमा राजावादी र गणतन्त्र पक्षधरको फरक-फरक प्रदर्शन, सुरक्षा व्यवस्था कडा

चैत १५, २०८१
काठमाडौं
काठमाडौंमा राजावादी र गणतन्त्र पक्षधरको फरक-फरक प्रदर्शन, सुरक्षा व्यवस्था कडा

​काठमाडौं उपत्यकामा आज हुने फरक–फरक दुई प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

काठमाडौंका विभिन्न स्थानमा हुने जुलुस र सभास्थलको सुरक्षा व्यवस्थालाई चुस्त र प्रभावकारी बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यले जानकारी दिए ।

उपत्यकाका प्रमुख चोकहरूमा प्रहरीको बाक्लो तैनाथी छ भने भैपरी आउने परिस्थितिका लागि आवश्यक सङ्ख्यामा प्रहरी तम्तयार रहेको उनले बताए ।

उपत्यकामा आज समाजवादी मोर्चा नेपालले गणतन्त्रका पक्षमा काठमाडौं प्रदर्शनीमार्गमा खबरदारी सभा गर्दैछ । त्यसैगरी राजतन्त्र पक्षधरले नयाँबानेश्वर तीनकुनेमा प्रदर्शन गर्दैछन् ।

दुवै प्रदर्शनअघि उपत्यकाका विभिन्न स्थानबाट शुरू भएर र्‍याली जुलुसहरू तोकिएका स्थानमा जम्मा हुने क्रम जारी छ ।

दुवै समूहको प्रदर्शनले दैनिकीमा अवरोध हुने ठानी सर्वसाधारण सचेत भएर गन्तव्यतर्फ हिँडिरहेका देखिन्छन् । 

null

null

null

null

null

nullnull

salt training

कमेन्ट गर्नुहोस्