![राजावादीको प्रदर्शनमा झडप, प्रहरीले अश्रुग्यास हानेपछि प्रदर्शनकारी तितरबितर [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/tinkune_Iy0uIs4JUZ.jpg)
राजावादीहरूले शान्तिपूर्ण प्रदर्शन भनेर निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
आज भइरहेको गणतन्त्रवादी र राजवादीहरूको आन्दोलनको सुरक्षा कमान्ड गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले प्रहरी संयम नै भएर अघि बढिरहेको बताए ।
उनले लोकान्तरसँग भने, ‘शान्तिपूर्ण प्रदर्शन भन्ने अनि बलजफ्ती निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो ।’

उनका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास र पानीको फोहोरा हानेको बताए । अधिकारीले भने,‘ अहिले खासै ठूलो बल प्रयोग भएको छैन, प्रहरी संयमित नै छ, स्थिति अहिले सामान्य बन्दै गएको छ ।’ प्रदर्शनकारीहरू मञ्चतर्फ नगएर सिधै बानेश्वरतर्फ आउन खोजेपछि प्रहरीले रोकेको उनले बताए ।
प्रदर्शनकारीले ढुंगामुडा गर्दा प्रहरीतर्फ एक जना र प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारीतर्फ केही घाइते भएका छन् ।

















