०७ असार २०८३, आइतबार

प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​

चैत १५, २०८१
काठमाडौं
प्रहरी प्रभाग कोटेश्वरमा आगजनी​

राजावादीका प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागको कार्यालयमा आगजनी गरेका छन् ।

तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले तितरबितर पारेका प्रदर्शनकारीहरूले कोटेश्वर पुगेर प्रहरी प्रभागमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनका क्रममा उनीहरूले व्यक्तिको घर तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । ​

राजावादीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि अराजकता तर्फ अघि बढेको हो । तीनकुने क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्नुका साथै व्यक्तिका घरमा तोडफोड र आगजनी समेत गरेका छन् ।

व्यक्तिका घरमा लगाइएको आगो निभाउन पुगेको दमकलको गाडीमा समेत तोडफोड गरिएको छ ।

त्यसैगरी, प्रदर्शनकारीहरूले एकीकृत समाजवादी पार्टीको कार्यालयमा प्रवेश गरेर समान निकालेर आगजनी गर्नुका साथै तोडफोड समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्