२८ जेठ २०८३, बिहीबार

राजावादीले कोटेश्वरमा जलाए सरकारी गाडी

चैत १५, २०८१
काठमाडौं
राजावादीले कोटेश्वरमा जलाए सरकारी गाडी

राजावादीहरूले काठमाडौंको कोटेश्वर गणेशचोकमा सरकारी गाडीमा आगजनी गरेका छन् ।

राजसंस्था पुनःस्थापनाको माग गर्दै तीनकुनेमा राखिएको सभा स्थगित भएपछि राजावादीहरू आक्रोशित बन्दै गाडीमा आगजनी गरेका हुन् । 

तीनकुनेमा निजी घरमा तोडफोड तथा आगजनी गर्दै भागेका प्रदर्शनकारीले गाडी जलाएका हुन् ।

null

पब्लिकका घरमा तोडफोड गर्दै हिँडेका राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा पनि आगजनी गरेका छन् ।

राजावादीहरू पेरिसडाँडास्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश गर्ने भन्दै अगाडि बढेका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्