०८ असार २०८३, सोमबार

पूर्वराजालाई पम्फाको चेतावनी– राजनीतिको रहर भए दल खोलेर आउ, फेरि गद्दीसीन हुने सपना नदेखे हुन्छ

चैत १५, २०८१
काठमाडौं
पूर्वराजालाई पम्फाको चेतावनी– राजनीतिको रहर भए दल खोलेर आउ, फेरि गद्दीसीन हुने सपना नदेखे हुन्छ

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले फेरि गद्दीसीन हुने सपना नदेख्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएकी छिन् । उनले राजनीति गर्ने रहर भए दल खोल्न चुनौती दिइन् । 

समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै भुसालले सुरक्षा मागेर नागार्जुन सरेका पूर्वराजालाई फर्काउने कुचेष्टा सह्य नहुने बताएकी हुन् ।

‘जनताको आन्दोलनको बलमा गलेपछि सुरक्षा मागेर ज्ञानेन्द्र नागार्जुन सरेका हुन् । नागरिक भएर बस भनेको कुरालाई कमजोरी ठानेर अहिले फेरि निराशा र आक्रोशको धरातलमा पुनःस्थापित भइन्छ कि भन्ने दिवास्वप्न देखेका छन्,’ भुसालले भनिन्, ‘फेरि शासन गर्न मन छ भने, राजनीतिको रहर छ भने पूर्वराजा ज्ञानेन्द्रले दल खोले हुन्छ । राप्रपाको अध्यक्ष बनेर आउ । चुनावमा जितेर आयो भने कार्यकारी राष्ट्रपति बन । फेरि गद्दीसिन हुने दिवास्वप्न नदेख, आजको खबरदारी चुनौती र चेतावनी हो ।’

भुसालले वर्तमान सरकारको गलत क्रियाकलापमा कारण राजावादी शक्तिहरू हौसिएका बताइन् । ‘पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारले फाइल खोल्दै गर्दा अहिलेको सत्ताधारी गठबन्धनका नेता समातिने डरले माफियाले हठात् गठबन्धन सरकार बनाउन पुगे, भ्रष्टाचारीमाथि कारबाही होइन, अनुसन्धान शुरू गरिएका फाइल स्थगित हुन थाले,’ भुसालले भनिन् । 

बिचौलिया र माफियाको पक्षमा सरकारले काम गर्न थालेपछि जनतामा निराशा र आक्रोश पैदा भएको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्